मंगलबार, मंसिर २४, २०७६ || 1556  पटक पढिएको

हिपमत डटकम
उर्लाबारी,मंसिर २४।

पूर्वी मोरङका विद्यालयमा कराँते सिक्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । कराँते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्रा लिम्बूले विद्यार्थीलाई कराँतेको प्रशिक्षण दिन थालेपछि एकाएक विद्यार्थीको आकर्षण कराँतेतर्फ मोडिएको हो ।
पूर्वी मोरङमा कराँतेप्रतिको आकर्षण बढ्दै जाँदा विद्यालयमा पनि यसले प्रभाव जमाउन थालेको हो । जाडो मौसम सुरु भएपछि कराँते खेलप्रति अझ बढी आकर्षण हुने गरेको कराँतेप्रेमी बताउँछन् । स्वास्थ्य तन्दुरूस्ती राख्नाका लागि साथै स्वदेश– विदेशमा सेना र प्रहरी, चौकीदार, बन्सर आदिका रुपमा काम गर्न सितेरियो कराँते सिकेका खेलाडीलाई बढी फाइदा हुने नेपाल सितेरियो कराँते सङ्घ उर्लाबारीका प्रशिक्षकसमेत रहनुभएका लिम्बू बताउछन् ।

इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित, गुरुचेलाबीच सुमधुर सम्बन्ध कायम राख्नका लागि समेत कराँते खेल बढी उत्तम रहेको प्रशिक्षक थोप्राको भनाइ छ । विसं २०४६ मा धनकुटामा तालिम लिई हाल उर्लाबारी–४ निवासी प्रशिक्षक लिम्बूले पूर्वी मोरङका उर्लाबारी, पथरी, राजघाट, मधुमल्ला, टाँडी र सिजुवासम्म पुगेर कराँतेप्रति विद्यार्थीलाई आकर्षित गर्दै तालिम दिँदै आएका छन् । अहिले उर्लाबारी–४ को पशुपति बोर्डिङ, उर्लाबारी–१ आइतबारेको सेन्ट स्टेफेन्स बोर्डिङ, पथरीको एभरेस्ट बोर्डिङ, दमक ताराबारीको पाथीभरा बोर्डिङ र सिजुवाको मुनाल बोर्डिङका विद्यार्थीलाई कराँते प्रशिक्षण दिइएको छ ।

यस्तै, बिहान २० प्रशिक्षार्थीलाई पशुपति बोर्डिङमा प्रत्येक दिन कराँते सिकाइरहेको उनले बताए । दुई दशक बढी समय कराँते खेलमा रत्तिएका प्रशिक्षक लिम्बूले हालसम्म २४ जनाभन्दा बढीलाई ब्लाक बेल्ट गराइसकेका छन् । कतार र साउदी जस्ता देश घुमफिर गरी विदेशको समेत अनुभव संगालेका प्रशिक्षक लिम्बू कराँतेका राष्ट्रिय रेफ्रीसमेत हुन् ।

यस्तै, देशविदेशमा भएका कराँते खेलमा भाग लिएर निर्णायक तहमा काम गरेको उनीसँग अनुभव छ । उर्लाबारी नगरस्तरीय खेलकुद विकास समितिका सदस्यलगायत आधा दर्जन बढी सामाजिक सङ्घसंस्थामा आबद्ध उनी कराँते खेलबाट मानिसको व्यक्तिगत विकासका साथै शारीरिक, बौद्धिक क्षमताको विकास हुने बताउछन् । सिकाइका क्रममा अङ्ग्रेजी र जापानी भाषाको प्रयोग गरिने कराँते खेलप्रति यतिबेला पूर्वी मोरङका गाउँ गाउँमा समेत आकर्षण बढेको नगरस्तरीय खेलकुद विकास समिति उर्लाबारीका अध्यक्ष भीष्म बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!