आइतबार, चैत्र १६, २०७६ || 902  पटक पढिएको

सिदार्थ बैंक लिमिटेड प्रदेश नं ५ ले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारलाई रु १० लाख सहयोग गरेको छ । शनिबार प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेललाई बैंकका प्रदेश नं ५ का प्रमुख सुशील नेपालले रु १० लाखको चेक हस्तातरण गर्नुभएको हो । विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारको पहललाई सहयोग पुराउने उद्देश्यले बैंकले रकम हस्तानतरण गरेको जनाएको छ । बैंकले हस्तान्तरण गरेको चेक बुझ्ने क्रममा मुख्यमन्त्री पोखरेलले बैंकको प्रशंसा गर्दै देशमा परेको सङ्कटलाई सहयोग पु¥याउनु महान् कार्य भएको बताउनुभयो । उहाँले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकारले योजनाबद्धरूपमा काम गरिरहेकाले बैंक दिएको रकम पनि सही काममा सदुपयोग हुने भन्दै बैंकलाई धन्यवाद दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!