हिपमत डटकम
इटहरी,मंसिर २४।

कुनै पनि राजनीतिक संगठनमा नलागि कृयाशिल पत्रकारीता गर्दै आइरहेका स्वतन्त्र पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरी शाखाले मंगलबार दोश्रो बैठक धरानमा सम्पन्न गरेको छ ।संघका अध्यक्ष खगेन्द्र कार्किको सभाध्यक्षमा सम्पन्न भएको दोश्रो बैठकमा स्वतन्त्र पत्रकारहरूको आवाजलाइ बुलन्द बनाउन संघले महत्वपुर्ण भुमिका निर्वाह गर्ने जस्ता विषयमा छलफल भएको थीयो ।

भेलाले सदस्यता संख्या बढाउने , जिल्लाका हरेक क्षेत्रमा रहेका स्वतन्त्र पत्रकारीता गर्दै आएका पत्रकारहरूको अवस्था बुझ्ने र सुनसरीको १२ वटै स्थानीय तहहरूमा पुगेर आफ्नो संस्थाको बिषयमा जानकारी गराइ शुचिकृत गराउने निर्णय गरेको छ ।

सुनसरीको धरानस्थित युनिभर्सल पिस फेडेरेसनको सभाहलमा सम्पन्न भएको स्वतन्त्र पत्रकारहरूको दोश्रो भेलाले तत्काल इटहरीमा शाखा कार्यालय स्थापना गरी बैंक खाता समेत सञ्चालन गरिने निर्णय गरेको छ । साथै नियमित बैठक बसी राजनीतिक संगठनमा नलागेका पत्रकारहरूलाइ समेटेर अघि बढने निर्णय पनि गरेको छ । बैठकमा केन्द्रिय सदस्य मोहन ढकाल , युनिभर्सल पिस फेडेरेसन सुनसरीका प्रमुख राम लिम्बु , उपाध्यक्ष अकवर अली , सदस्यहरू मौसमि कार्कि , देविका चाम्लिङ राइ , देवराज पुरी सञ्ज्य चौधरी लगायतले संस्थालाइ अब कृयाशिल रूपमा अघि बढाउन सुझाव दिएका थिए ।

साे बैठक सम्पन्न गर्नकालागि युनिभर्सल पिस फेडेेरेसनका सुनसरी प्रमुख राम लिम्बुले निशुल्क रूपमा सभाहल प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!