आइतबार, चैत्र १६, २०७६ || 882  पटक पढिएको

ताप्लेजुङ र उदयपुरमा लडेर २ जनाको मृत्यु भएको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-४ का ५२ बर्षीय मिन बहादुर लाबुङ लिम्बुको घर नजिकै रहेको कुटमिरोको रुखबाट लडेर मृत्यु भएको हो भने उदयपुरको उदयपुरगढी गाउँपालिका-५ का कृष्ण बहादुर राईको घरबाट लडेर मृत्यु भएको हो । शनिवार बेलुका ६ बजेको समयमा घर नजिकै रहेको कुटमिरोको रुखमा चढेर घाँस झार्ने क्रममा लडेर घाईते भएका लाबुङलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । यसैगरी उदयपुरका राई भने छिमेकी खेम बहादुर भुजेलको बनाउँदै गरेको घर हेर्न भनी गएकोमा सोही घरबाट लडेर घाईते भएका थिए । घाईतेलाई उपचारको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा राती साँढे ९ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!