चीनको ग्वान्झाउबाट कोरोनाभाइरसविरुद्ध प्रयोग हुने अत्यावाश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ ।
स्वास्थ्य समाग्री लिन काठमाडौबाट शनिबार दिउँसो ग्वान्झउ उडेको नेपाल बायु सेवा निगमको जहाज स्वास्थ्य सामाग्री लिएर आइतबार बिहान फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । कोरोना संक्रमितको उपचार तथा चिकित्सकका लागि आवश्यक पर्ने सुरक्षा सामग्री लिन निगमको वाइडबडी त्यसतर्फ गएको थियो ।प्रवक्ता देवकोटाका अनुसार ति सामग्रीहरु प्याकिग गरेर आजबाटै विभिन्न प्रदेश तथा अस्पतालहरुलाई उपलव्ध गराइनेछ ।चीनबाट स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई), कोरोना चेक गर्ने किट, ल्याव मेसिनलगायत अत्यावश्यक सामग्री पहिलो पटक ल्याइएको हो । सरकारले कोरोना भाइरस परीक्षण तथा उपचार प्रकृया शुक्रबारबाट धरानमा सुरु गरेको छ भने लगत्तै नेपालगञ्ज र पोखरामा पनि ल्याब राख्ने तयारी गरिरहेको छ । त्यसपछि धनगढी, दाङ र हेटौडामा समेत ल्याव राख्ने र उपचार प्रकृया थाल्ने योजना रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।

त्रिभुवन विमानस्थलका अनुसार १२.६६ टन सामग्री बोकेर विमान बिहान ५ बजेर ३१ मिनेटमा नेपाल आइपुगेको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!