हिपमत डटकम

सोमबार, फाल्गुण २६, २०८१ || 3060  पटक पढिएको

भोजपुर।जिल्ला प्रहरी कार्यालय भोजपुरले कर्तब्य ज्यान मुद्धाका फरार प्रतिवादी भोजपुर पौवादुम्मा गाउँपालिका-६ का ४६ बर्षीय शान्त कुमार राईलाई घटनाको २४ बर्ष पछि पक्राउ गरेको छ ।

भोजपुरको सविक ठुलोदुम्मा गा.वि.स.-८ का बिजय कुमार राईलाई शान्त कुमार राईले २०५७ साल साउन १३ गते मरणासन्न हुने गरी कुटपिट गरी घाईते बनाएकोमा बिजय कुमारको जिल्ला अस्पताल भोजपुरमा उपचारको क्रममा साउन १८ गते मृत्यु भएको थियो ।

घटना पश्चात तत्काल भागी फरार रही लुकि छिपी बस्दै आएका राईको खोजतलासको क्रममा गाउँ घरमा नै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका राईलाई तोकिएको कैद सजाय भुक्तानको लागि जिल्ला कारगार भोजपुर पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!