आइतबार, चैत्र १६, २०७६ || 1112  पटक पढिएको

नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा पछिल्लो समय बिहेका तस्वीर मात्र शेयर गरेकी छिन् । फागुनमा अभिनेता आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका परिवारसहित सेल्फ क्वारेन्टाइनमा बसेकी छिन् । लकडाउनका कारण उनी परिवारका सदस्यसँग कुराकानी गरेर बिताइरहेकी छिन् । प्रियंकाको परिवार एकअर्कालाई समय दिइरहेका छन् ।प्रियंकाले पति आयुष्मान देशराज जोशीको टाउकोमा मसाज गर्दै गरेको तस्वीर सामाजिक सञ्जालमा शेयर गर्दै अरुलाई पनि क्वारेन्टाइनमा बस्दै गरेको तस्वीर शेयर गर्न आग्रह गरेकी छिन् ।

प्रियंकाले शेयर गरेको तस्वीरमा दुई कुकुर पनि देख्न सकिन्छ । उनको तस्वीरमा फ्यानले प्रेम दर्शाएका छन् । प्रियंकाले ह्यासट्याग शेयर गर्दै फ्यानलाई आफ्ना तस्वीर पनि शेयर गर्न अनुरोध गरेकी छिन् । पछिल्लो समय प्रियंका र आयुष्मान कुनै पनि फिल्ममा देखिएका छैनन् । प्रियंकाले बिहेपछि काममा फर्किने बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!