बीरेन्द्रकुमार साह

शुक्रबार, फाल्गुण २३, २०८१ || 5653  पटक पढिएको

मोरङ। कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय पथरी र उर्लाबारीको संयुक्त टोलीले ३२ थान चोरीका मोबाइल बरामद गरेको छ।

माघ २१ गते मोरङको उर्लाबारी नगरपालिका-५ स्थित योगराज कार्कीको ‘मोबाइल वर्ल्ड’ पसलको सटर तोडफोड गरी चोरी भएका मोबाइलको खोजीका क्रममा भारतीय प्रहरीले सहकार्य गर्दै भारतका विभिन्न स्थानबाट २० थान मोबाइल फेला पारेको छ। त्यस्तै, नवलपरासीमा चोरी भएका ११ थान र दमकमा चोरी भएको १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ।

मोबाइल चोरी घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!