शनिबार, चैत्र १५, २०७६ || 1005  पटक पढिएको

कोरोना भाईरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउन पाँचौ दिन सम्म आईपुग्दाजनताको दैनिक जन जिवनमा परेको समस्या प्रति रतुवामाई नगरपालिकाका नगर प्रमुख रविन राईले चासो व्यक्त गर्नुभएको छ । आज शनिबार नगर नगरपालिकाको विभिन्न पिछडिएका क्षेत्रहरुका जनताहरु सँग भेटघाट गरेर उनीहरुको गुनासो सुन्नु भएको छ । लकडाउनको असर दैनिक ज्यालादारी गरेर खाने मजदुर विपन्न वर्ग लगायतको दैनिकी छाकटार्न समेत परेको समस्या प्रति रतुवामाई नगरपालिका गंभिर भएर लागेको छ ।  नगरपालिकाका १० वटै वडामा लकडाउनले साँचिकै असर परेका दैनिक ज्यालादारी गरेर खाने मजदुर साथै विपन्न वर्गका नागरिकहरुको तथ्यांक संकलन गर्न सुरु गरिएको छ । साथै नगर क्षेत्रमा अत्यावश्यक खाद्यान्न लगायतको अभाव नहुन स्थानीय पसल व्यवसायी संग भएको मौज्दातको विवरण समेत संकलन गर्न सुरु गरिएको छ । किसानहरुले लगाएको मकै खेतीमा इन्धनको अभावले सिचाईमा भएको समस्या प्रतिपनि नागर प्रमुखले समाधानको पहल सुरु गर्नु भएको छ ।
नगरपालिकाले जीवन निर्वाहाका अत्यावश्यक खाध्य पदार्थ ( चामल, दाल, चिउरा, नून आदि) ,
साग सब्जी तथा फलफूल को विक्रि वितरण गर्न गराउँन मानिसहरूको भिडभाड नहुने गरी,
(क) दैनिक बिहान ७-८ बजे सम्म र अपराह्न ४-६ बजे समय सम्म मात्र पसल खोल्ने खोलाउँने,
(ख) साग सब्जी तथा फलफूल वेच विखन गर्ने व्यक्ति तथा पसलहरू को एक अर्का विचको दुरी कम्तिमा ३ (तिन) मिटर वा दश फिट हुनु पर्ने सिमा कायम गराउँने ,
(ग) खरिदकर्ता उपभोक्ताहरु लाईन मा बसेर पालैपालो सामान लिने व्यवस्था मिलाउने यसरीलाईनमा बस्दा एक व्यक्ति र अर्को व्यक्ति बीचको दुरी कम्तिमा पनि १.५ मिटर वा पाँच फिट हुनु पर्ने गरि सिमा निर्धारण गराउँने,
(घ) उपभोग्य सामाग्रि खरिद गरि सक्ने व्यक्तिलाई उभिन बस्न नदिई निजको घर \ गन्तव्यजाने पठाउँने व्यवस्था गराउँने,
(ङ) खाध्य सामाग्रीहरु अनावश्यक किसीमले भण्डाण गर्ने गरि कुनै व्यक्ति वा परिवार लाई खरिद गर्न र विक्रेताले विक्रि नगर्ने नगराउँने व्यवस्था मिलाउँने ,

(च) माथि उल्लेखित समयमा खाध्य सामाग्री तथा साग सब्जी खरिद गर्न र समेत अत्यावश्यक कामबाहेक घर वाहिर निष्कन हिडडुल गर्न पूर्णरुपमा रोक लागाउँने व्यवस्था मिलाउँने ।
गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!