शनिबार, चैत्र १५, २०७६ || 673  पटक पढिएको

कोभिड १९को संक्रमणबाट जोगिन घरघरमै पुगेको खानेपानी सुविधाले सहज बनाएको छ । पाल्पाको पश्चिमी भूभाग रिब्दीकोट गाउँपालिका ७ पालुङ्मैनादीमा घरघरमै खानेपानी सुविधा पुगेपछि नागरिकले निकै सजिलो भएको महसुस गरेका छन् । पालुङ्मैनादीका ६५ घरधुरी मगरबस्तीमा गाउँपालिकाले एक घर एक धारा अभियान ल्याएपछि घरायसी कामधन्दामा छिटोछरितो हुनाका साथै समुदाय नै सरसफाइयुक्त बनेको छ । घण्टौँ समय खर्चेर खोलाको पानी बोकेर प्रयोग गर्दै आएका नागरिक अहिले भने घरघरमै धारामार्फत पानी आएको देख्दा दङ्ग परेको र लकडाउनका बेला बाहिर जान नपरेकामा खुशी भएको चुर्पुकधारा लिफ्टिङ् खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष बमबहादुर अर्घालीले बताउनुभयो । गाउँपालिकाको रु एक करोड पाँच हजार ४२६ लगानीमा लिफ्टिङ प्रणालीमार्फत गाउँमा खानेपानी सुविधा पु¥याइएको गाउँपालिकाका अध्यक्ष नारायण जिसीको भनाइ छ । खानेपानी योजना सफल बनाउन उपभोक्ताले १४ लाख ५८ हजार बराबरको श्रमदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!