रबिन्द्र बराल

बुधबार, माघ २३, २०८१ || 2227  पटक पढिएको

रंगेली। मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ। आइतबार नगरपालिकाको सभाहलमा एक दिवसीय पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुपेन्द्र मण्डलका अनुसार नगरभरिका सामुदायिक तथा निजी विद्यालयका प्राध्यापक, वडा अध्यक्षहरू र अन्य सरोकारवालालाई खोप अभियानबारे जानकारी गराइएको छ। खोप अभियान अन्तर्गत कक्षा ६ देखि १० सम्मका छात्राहरू तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई एचपीभी खोप दिइनेछ।

रंगेली नगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा करिब २,७२६ विद्यार्थी छन् भने विद्यालयबाहिर करिब पाँच प्रतिशत किशोरी रहेको अनुमान गरिएको छ। नगरपालिकाका अनुसार माघ २७ गतेदेखि फागुन २ गतेसम्म नगरका ४४ वटा खोप केन्द्रमार्फत खोप प्रदान गरिनेछ। सबै विद्यालयहरूलाई खोप केन्द्र बनाइने योजना रहेको छ।

नगरपालिकाका वडा अध्यक्ष रामचन्द्र मण्डलले महिलाहरूका लागि गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको पाठेघरको मुखको क्यान्सर विरुद्ध सञ्चालन हुन लागेको यो अभियान सफल बनाउन सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे।

कार्यक्रममा स्वास्थ्य प्रमुख भुपेन्द्र मण्डल, प्रकाश अधिकारी, महेश खनाल लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!