हिपमत डटकम

बिहिबार, पौष १८, २०८१ || 8196  पटक पढिएको

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने ३४ वर्षीय प्रल्हाद खत्रीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटन ललितपुरको २०७९ चैत १९ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ९ लाख १९ हजार ५ सय रूपैयाँ जरिवाना र ४८ हजार रूपैयाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कपुरधाराबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!