शुक्रबार, चैत्र १४, २०७६ || 741  पटक पढिएको

भारतका विभिन्न शहरबाट काम गरेर आफ्ना घर फर्किएका ३११ स्थानीवासीलाई क्वारेन्टाइनमा राखिएको छ । पुरुष २५८, महिला २८ र बालबालिका २५ जना जिल्लाका विभिन्न स्थानमा बनाइएका क्यारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरिक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । उहाँका अनुसार आज मात्रै कैलाली र कञ्चनपुर क्षेत्रबाट कम्तीमा पनि १५ जना डोटीका बासिन्दा आउँदै छन् । कैलालीबाट आउँदै गरेकाहरुलाई पनि सम्बन्धित स्थानीय तहका क्वारेन्टाइनमा राख्नका लागि व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कामका लागि भारत गएका जिल्लावासी अहिले भारतमा उनीहरु काम गर्ने कम्पनी बन्द हुन थालेपछि घर फर्किन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!