मंगलबार, मंसिर २४, २०७६ || 3428  पटक पढिएको

बीरेन्द्रकुमार साह
हिपमत डटकम
बिराटनगर,मंसिर २४।

झापाको कन्काई नगरपालिका(४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम स्थितमा ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु मृत्यु भएको छ । आज बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङको अमरदह नगरपालिका(२ बस्ने बर्ष २३ को किशन शाह गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!