शुक्रबार, चैत्र १४, २०७६ || 781  पटक पढिएको

प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी‘प्यासी’ले कोभिड–१९ सङ्क्रमण फैलिन नदिन तथा रोगको रोकथाम एवं नियन्त्रणका लागि लकडाउनलाई सहयोग गर्न आग्रह गर्नुभएको छ । बिहीबार साँझ सन्देश जारी गर्दै उहाँले नेपाल सरकारद्वारा जारी गरिएका सूचना तथा सुरक्षाका लागि अपनाइएका उपाय, निर्देशन एवं आचारसंहिता पालना गरी आफू बच्ने र अरुलाई बचाउने कार्यमा जनसमुदायलाई पूर्ण समर्थन तथा सहयोगका लागि अनुरोध गर्नुभएको छ । उहाँले हरेक नागरिकले सामाजिक समदूरीलाई कायम गर्न सके सङ्क्रमणलाई तोड्न सकिने बताउँदै कोभिड–१९ को सङ्कमण रोकथाम, नियन्त्रण तथा उपचारमा खटिरहनु भएका चिकित्सक, स्वास्थ्यकर्मी, प्राविधिकहरु सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, निजामती कर्मचारीलगायत सामाजिक संघसंस्था तथा उद्योग व्यवसायीको उच्च आत्मबल वढाउँदै सङक्रमणविरुद्धको अभियानमा तन, मन, वचन र कर्मले जुट्न अनुरोध गर्नु भएको छ । ज्येष्ठ नागरिक, बालबालिका तथा दीर्घ रोगको उपचार गराइरहनु भएका र नियमित औषधि सेवन गर्ने महानुभावलाई उच्च सङक्रमणको जोखिम रहने भएकाले विशेष प्राथमिकताका साथ सङ्कमणवाट बचाउन सावधानी अपनाउनुसमेत उहाँले अनुरोध गर्नुभएको छ । प्रदेश प्रमुख अधिकारीले जीवन रक्षाका लागि अत्यावश्यक खाद्य पदार्थको सही र उचित व्यवस्थापनमा सरोकार सबै पक्षलाई समयमै ध्यान पु¥याउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर आफू पनि ननिस्कने अरुलाई पनि निस्कन नदिई सङ्घीय, प्रदेश र स्थानीय सरकारले सुरक्षाका लागि अपनाएको ‘लकडाउन’लाई पूर्ण सफल बनाउन सम्पूर्ण प्रदेशवासीलाई अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!