हिपमत डटकम

बुधबार, कार्तिक २१, २०८१ || 2108  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरीक्ष विज्ञान अध्ययन अनुसन्धान समितिले विभिन्न स्थानबाट टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको छ ।

विद्यार्थीलाई विज्ञान र प्रविधिका साथै खगोल तथा अन्तरीक्ष विज्ञानमा चासो बढाउने उद्देश्यले समितिले टेलिस्कोपमार्फत सूर्यको अवलोकन गराएको हो । महानगर परिसरमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले समेत टेलिस्कोपमार्फत सूर्यको अवलोकन गर्नुभएको थियो ।

महानगरपालिका परिसर, पुष्पलालचोक, नहर चोक, जामा मस्जिद रानी, ट्राफिक चोक, बालउद्यान पार्कलगायतका स्थानमा अवलोकनको व्यवस्था मिलाएको समितिका अध्यक्ष प्रविण विश्वासले जानकारी दिनुभयो । चक्कामा खगोल विज्ञान नाम दिएको उक्त कार्यक्रमपछि समितिको समेत प्रचार हुने र विद्यार्थीहरुमा खगोल विज्ञानप्रति रुचि बढ्ने अध्यक्ष विश्वासले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!