बिहिबार, चैत्र १३, २०७६ || 710  पटक पढिएको

कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी युवतीसँगै सउदी एयरवेजको विमानबाट क्युआर ६५२ उडानबाट नेपाल आएका यहाँ दुई युवालाई क्वारेन्टाइनमा पठाइएको छ । पाँचथरको फिदिम नगरपालिका र फाल्गुनन्द गाउँपालिकाका ती युवालाई बुधबार साँझ प्रदेश सरकारले मोरङको मिक्लाजुङमा निर्माण गरेको क्वारेन्टाइनमा पठाएको हो । सामाजिक सञ्जालमा क्युआर ६५२ उडानबाट कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै आएका युवाबारे विवरण सार्वजनिक भएपछि प्रदेश सरकारको पहलमा उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो । उनीहरु उक्त उडानबाटै नेपाल आएको पुष्टि भएको छ । उनीहरुका परिवारलाई होम क्वारेन्टाइनमा बस्न स्थानीय प्रशासनले भनेको छ । सामाजिक सञ्जालमा उक्त उडानबाट पाँचथरका तीन युवा नेपाल आएको चर्चा भएको थियो । तीमध्ये एक जना झापामा बसोबास गर्दैआएको र उनी क्वारेन्टाइनमा बसिसकेका छन् । सामाजिक सञ्जालमा यस प्रकारको चर्चापछि प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको पहलमा दुवै युवालाई क्वारेन्टाइन पठाइएको हो । एम्बुलेन्सबाट उनीहरुलाई मोरङ पु¥याइएको हो । दुवै युवाको परिवारलाई विशेष निगरानीमा ‘होम क्वारेन्टाइन’मा राखिएको छ र तिनको स्थानीय स्वास्थ्यकर्मीले निगरानी गर्ने भएका छन् । दुवैमा कोभिड–१९ को सङ्क्रमणबारे शीघ्र स्वास्थ्य परीक्षण गरिने मन्त्री आङ्बोले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!