हिपमत डटकम

शुक्रबार, आश्विन ०४, २०८१ || 2056  पटक पढिएको

विराटनगरमा बैंक तथा वित्तीय संस्थाहरूबीचको मैत्रीपूर्ण प्रतिस्पर्धा सुरु भएको छ। एनवाईएफले आयोजना गरेको यस फुटसल प्रतियोगिताले बैंकिङ क्षेत्रका कर्मचारीहरूलाई एकै ठाउँमा ल्याएको छ।

जेएनएल फुटसल मैदानमा भएको उद्घाटन खेलमा १३ वटा बैंकका टोलीले सहभागिता जनाएका छन्। पहिलो दिनका रोमाञ्चक खेलहरूमा गोल्बल आईएमई, एनएमबी बैंक, एनआईसी एसिया र कुमारी बैंक विजयी भएका थिए।

प्रतियोगिताका संयोजक क्षितिज थापा मगरका अनुसार यस प्रतियोगिताको मुख्य उद्देश्य बैंक तथा उद्यमीबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनु हो।

शनिबार हुने सेमिफाइनल र फाइनल खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ। सेमिफाइनलमा एनआईसी एसिया, गोल्बल आईएमई, कुमारी बैंक र एनएमबी बैंकबीच प्रतिस्पर्धा हुनेछ। त्यसपछि एनईएफ विराटनगर र एनवाईईएफ सुनसरीबीचको मैत्रीपूर्ण खेलले दिनलाई विशेष बनाउनेछ।

विजेता टोलीले नगद पुरस्कारसँगै पाँच लाख रुपैयाँ बराबरको जीवन बीमा सुविधा पाउनेछन्। यसबाहेक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

यस प्रतियोगिताले बैंकिङ क्षेत्रमा खेलकुदको वातावरण सिर्जना गर्नुका साथै कर्मचारीहरूबीचको एकतालाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!