काठमाडौं – नेपालस्थित पाकिस्तानी राजदूतावासले पाकिस्तानका विभिन्न शैक्षिक संस्थाबाट उच्च शिक्षा प्राप्त गरेका नेपाली विद्यार्थीहरूलाई सम्मानित गरेको छ। यस सम्बन्धी विशेष कार्यक्रम काठमाडौंमा आयोजना गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई उपस्थित भइ नेपाल–पाकिस्तानको मैत्रीपूर्ण सम्बन्धको महत्वलाई स्मरण गर्दै पाकिस्तानले नेपालको प्राविधिक शिक्षामा गरेको योगदानको प्रशंसा गरिन्। उनले पाकिस्तान सरकारलाई नेपाली विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरेकोमा धन्यवाद दिइन् र उनीहरूले नेपालको प्रगतिको लागि महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताइन्।

पाकिस्तानका लागि राजदूत अबरार एच हाश्मीले नेपाली विद्यार्थीलाई प्रदान गरिएको शैक्षिक छात्रवृत्तिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई मजबुत बनाएको उल्लेख गरे। उनले नेपाली विद्यार्थीहरूले पाकिस्तानमा मित्रता र सकारात्मक सम्झनाहरू सँगै जीवन बिताएको जानकारी दिए र भविष्यमा थप छात्रवृत्ति प्रदान गर्ने प्रयास जारी रहने बताए।

कार्यक्रममा पाकिस्तान र नेपाली जनताबीचको सम्बन्धलाई बलियो बनाउन योगदान गरेका शिक्षाविद् र सामाजिक व्यक्तित्वहरूको पनि उपस्थिति थियो। पाकिस्तानस्थित दूतावासले प्रत्येक वर्ष पाकिस्तानमा उच्च शिक्षा प्राप्त गरेका विद्यार्थीहरूलाई सम्मान गर्ने परम्परा राखेको छ।

 

कार्यक्रममा एमबिबिएस, बीडीएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ लगायतका क्षेत्रहरूमा पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम (PTAP) अन्तर्गत छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूका साथै आमसञ्चार र कृषि क्षेत्रमा पनि उच्च शिक्षा प्राप्त गरेका व्यक्तिहरूको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!