काठमाडौं, १९ भदौ। रिपोर्टर्स क्लब नेपालका सभापति र प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले भ्रष्टाचारविरुद्धको संघर्षमा दृढ रहने आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले देशको सडकको दुरावस्थाबारे चिन्ता प्रकट गर्दै दशैं, तिहार, र छठका अवसरमा सुरक्षित यात्रा सुनिश्चित गर्न सरकारलाई आग्रह गरे।

धमलाले भने, “यदि सरकारले सडक निर्माणमा ध्यान नदिने हो भने, हामीले आफ्नै पहलमा सडक बनाउनेछौं।” उनले भ्रष्टाचारको विरोध गर्न आफूलाई कुनै डर नरहेको स्पष्ट गर्दै, “मलाई ठूलो गाडी वा महलको आवश्यकता छैन। मेरो उद्देश्य भनेको जनता खुशी पार्ने पत्रकारिता गर्नु हो। म नेपाली जनताको पक्षमा र नेपाली पत्रकारिताको विकासको पक्षमा छु।”

उनले श्रमजिवी पत्रकारहरूको पक्षमा आफू सदैव उभिने कुरा पनि जोड दिए, र मिडिया सञ्चालन गर्दै पनि फिल्डमा पुगेर रिपोर्टिङ गर्ने आफ्नो प्रयासको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!