सोमबार, मंसिर २३, २०७६ || 1499  पटक पढिएको

हिपमत डटकम
ईलाम,,मंसिर २३।
ईलामको सुर्योदय नगरपालिका-५ अन्तुडाँडा स्थितमा आगोलागी हुदा २६ लाख बराबरको क्षती भएको छ । आज बिहान पौने १० बजेको समयमा मानबिर तामाङको दुईतल्ले काठसिमेन्ट र टिनको छानोले बनाएको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई अचानक आगोलागी हुदा उक्त मुल्य बराबरको क्षती भएको हो । आगोलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद रुपैया पाँचलाख तथा सम्पुर्ण जिन्सी सामानहरु पुर्ण रुपमा जलि नष्ट भएको छ । आगोलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी सामालबुङको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!