केही दिन यता सामाजिक संजालमा एक पास्टरको भिडियो भाईरल भएको छ । प्रभु इशुले कोरोना भगाउने र बिभिन्न रोग समेत निको पार्ने भनेर दिइको प्रवचन भाईरल भएको हो । यति मात्र होईन उनले अरु कुनै भाषामा समेत केही शब्द बोलेर केही महिलालाई बोलाएर पायल्स समेत निको हुने बताएका छन् । यो कोरोना भाईरसले बिश्वव्यापी पारेको असरको बेला धर्म प्रचार भएको भन्दै कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ भने मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबबहादुर कार्कीले बताए । जुम्ला घर भएर हाल पोखरा महानगर–३२, खुदी सुकुम्बासी टोल बस्दै आएका केशव आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भिडियो भाईरल भएपछि सामाजिक संजालमै उनी अन्तरवार्तामा आएका थिए । कुनै धर्म बिरोधी कुरा नबोलेको र धर्म प्रचार नगरको भन्दै बाईबलकै कुराहरु आफूले बोलेको उनले दाबि गरेका छन् ।