सोमबार, मंसिर २३, २०७६ || 2123  पटक पढिएको

हिपमत डटकम
काठमाण्डौ ,मंसिर २३।
नेपालको पहिलो कमेडी रियालिटी सो कमेडी च्याम्पियनमा सुमन कार्की टप १५ मा पुगेका छन् । ओखलढुङ्गामा जन्मिएका मोरङको रतुवामाईका कार्कीले उत्कृष्ठ प्रस्तुति दिदैं टप १५ सम्मको यात्रा सहजै पार गरेका छन् । अझै अघि बढ्ने क्रममा छन् ।
सुमन कार्की बिभिन्न कार्यक्रममा पनि क्यारिकेचरमा जमिरहेका कडा प्रतिस्पर्धी हुन् ।

‘रेडियो अडियो’ र युटयुब च्यानल ‘फर–सी नेटवर्क’ मा समेत काम गर्ने सुमन सानैदेखि अरूको नक्कल गर्ने गर्थे । प्लस टु पढ्दाताका मोरङको सुनाखरी एफएममा काम गर्न थाले । उनले त्यहीँबाट आफ्नो कला निखारे । ‘स्टेज प्रोग्रामहरूमा निक्कै सहभागी हुने गरेका सुमन समसायिक बिषयमा हाँस्य ब्यङ्गबाट कडा प्रस्तुति दिन सक्छन् । जसको कारण कमेडी च्याम्पियनमा जर्जहरुको मन जितिरहेका छन् । उनको प्रस्तुतिमा ४ जना नै जर्ज उठेर तालि बजाएर प्रशंशा गरेका थिए।

अहिले सम्मको प्रस्तुतिले टप १५ मा पुगेका कार्की भोटिङ राउण्डमा पुगेपछि सबैले सहयोग गर्न आग्रह गर्छन् ।
कान्तिपुर टेलिभिजन सँगै रेडियो अडियोबाट र यसका नेटवर्क स्टेशनबाट एकै साथ प्रसारण हुने कमेडी च्याम्पियनमा बरिष्ट हास्यकलाकार सन्तोष पन्त, हास्य अभिनेता मनोज गजुरेल, अभिनेत्री ऋचा शर्मा र चलचित्र निर्देशक प्रदीप भट्टराई निर्णायकमा रहेका छन् ।
कमेडी च्याम्पियनका विजेताले २५ लाख रुपैयाँ र एउटा कारसहित ५० लाख बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!