बुधबार, चैत्र १२, २०७६ || 659  पटक पढिएको

लकडाउनको दोस्रो दिन विराटनगरको अवस्था पनि समान्य रहेको पाइएको छ । बजारमा मानिसको चहलपहल छैन, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन । सडकमा प्रहरीको तैनाथी छ । दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेको पाइयो । बजार सुनसान छ भने अति आवश्यक औषधि पसल भने खुला छन् । विराटनगरको गुद्रीमा सामान्य अवस्थामा देखिने भीड लकडाउनपछि सुनसान छ । विराटनगरका ठूला डिपार्टमेन्ट स्टोर, भाटभटेनी, आरके सेन्टर र सिटीमलदेखि स–साना पसल पनि बन्द छन् । मानिसले कोरोना नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन तीव्र रुपमा नियम पालना गरिरहेको पाइएको छ । सवारी साधन प्रहरी नियन्त्रणमा लकडाउन उल्लङ्घन गर्ने १४३ थान सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले आज बिहान पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १३९ थान मोटरसाइकल र चार थान चार चक्के सवारी साधन रहेका सञ्चार शाखाले जनाएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका बाहेक अन्य कुनै पनि सवारी साधन चल्न नदिने प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । अतिआवश्यक काम तथा पसल खोल्नु परेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा खुलाउने र लकडाउनलाई कडाइका साथ पालना गराउनेतर्फ सबैको ध्यान जानुपर्ने उपरीक्षक अधिकारीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!