बुधबार, चैत्र १२, २०७६ || 576  पटक पढिएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९को रोकथाम र नियन्त्रणका लागि विभिन्न अस्पतालमा सामग्री पठाएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा खेम कार्कीले रोकथामका लागि अस्पतालमा दुई लाख २७ हजार २०१ आवश्यक सामग्री पठाइएको जानकारी दिनुभयो । तीमध्ये मास्क दुई लाख २२ हजार ७६० र अन्य विभिन्न सामग्री चार हजार ४४१ रहेका छन् । उहाँका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) ६२५ मध्ये २६७ पठाइएको र ३५८ मौज्दात राखिएको छ । अहिले कोभिड–१९ को उपचारमा संलग्न चिकित्सकले पिपीइ लगाउनुपर्ने हुन्छ । यसैगरी ४८३ गाउन, मुखमा प्रयोग गर्ने मास्क ५२२, स्यानिटाइजर २०९, पञ्जा एक हजार २३६, एन–९५ मास्क ६०१, चश्मा ४७१, आइआर थर्मोमिटर ५८, पिपीइ ग्राउण्ड २८५, सुकभर ४७६ र फेस सिल्ड १०० वटा विभिन्न अस्पतालमा पठाइएको छ । यसैगरी उहाँका अनुसार खरिद गरिएकामध्ये दुई लाख ७९ हजार ३८७ सामग्री तत्काल नपठाइ मौज्दातसमेत गरिएको छ । तीमध्ये मास्क दुई लाख ७२ हजार ४२० र अन्य सामग्री छ हजार ९६७ रहेका छन् । जसअनुसार पिपीइ ३५८, गाउन एक हजार ४५६, फेस मास्क एक हजार ५७८, स्यानिटाइजर ७७, पञ्जा एक हजार ५९३, एन–९५ मास्क २४, चश्मा ४८०, आइआर थर्मोमिटर चार, सुकभर एक हजार १६२ र फेस सिल्ड २३५ मौज्दात राखिएको छ । मौज्दात राखिएका सामग्री आवश्कताअनुसार पठाइने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!