बुधबार, चैत्र १२, २०७६ || 573  पटक पढिएको

विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी दिएको छ । सङ्क्रमितमा ४० जना भने उपचारपछि घर फर्किएका पनि सो मन्त्रालयले जानकारी दिएको छ । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म भारतमा ९ व्यक्तिको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैबीच भारतीय प्रधानमन्त्रीले एक अर्ब ३० करोड जनतालाई ‘लकडाउन’ मा बस्न आग्रह गर्नुभएको छ । उहाँले मङ्गलबार साँझ लकडाउन घोषणा गर्नु भएको हो । आफ्नो सुरक्षाका निम्ति घरबाहिर ननिस्कन मोदीले सबै भारतीय नागरिकलाई आह्वान गर्नुभएको छ । यस प्रकारको सुरक्षा नअपनाएमा देश दशकौँ पछाडि धकेलिने प्रधानमन्त्री नरेन्द्र मोदील बताउनु भएको छ । मङ्गलबार राति प्रधानमन्त्री मोदीले राष्ट्रिय टेलिभिजनमार्फत गर्नुभएको सम्बोधनलगत्तै पसलहरूमा आवश्यक किनमेल गर्न सर्वसाधारणको भिड लागेको समाचारमा जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीले देशभरि आवतजावत तथा घुमफिरमा बन्देज लगाएर कोरोनाभाइरस सङ्क्रमण फैलनबाट रोक्न चाहेको सो सम्बोधनमा बताउनु भएको थियो । गएको मध्यरातबाट लागु भएको यो बन्देज आगामी २१ दिनसम्म जारी रहने मोदीले बताउनु भएको छ । “तपाइँहरूलाई घरबाहिर निस्कन पूर्ण बन्देज हुनेछ, यसलाई लक्ष्मण रेखाको रुपमा नै मान्नु पर्नेछ” प्रधानमन्त्री मोदीले सो सम्बोधनमा भारतीय नागरिकलाई आग्रह गर्दै भन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!