निशान कंडेल

बुधबार, साउन २३, २०८१ || 4749  पटक पढिएको

विराटनगर। विराटनगर महानगरपालिका वडा नं. १५ स्थित रानी अस्पतालले आफ्ना सेवाहरूलाई थप विस्तार गर्दै लगेको छ। यस अस्पतालले दैनिक सयौं बिरामीहरूलाई ओपीडी सेवा प्रदान गर्दै आइरहेको छ भने हालै फिजियोथेरापी, अल्ट्रासाउन्डलगायतका नयाँ सेवाहरू पनि सुरु भएका छन्।

अस्पतालले स्वास्थ्य बीमा लागू गरेको हुँदा बिरामीहरूले कम खर्चमा गुणस्तरीय उपचार पाउने भएका छन्। चाँडै नै बर्थिङ सेन्टर, डिजिटल एक्सरे, ल्याब सेवाजस्ता थप सुविधाहरू पनि सञ्चालनमा आउने रानी अस्पतालका प्रमुख मानिक चन्द भगतले जानकारी दिए।

विराटनगर महानगरपालिकाले रानी अस्पताललाई १५ शैय्याको अस्पताल बनाउने लक्ष्य लिएको छ। यसका लागि नेपाल सरकारलाई पत्राचार गरिएको भए पनि हालसम्म कुनै जवाफ नआएको हुँदा महानगरपालिकाले आफैँले यो प्रक्रिया अगाडि बढाउने मेयर नागेश कोइराला ले जानकारी दिए । करुणा फाउन्डेसनले अस्पतालका लागि भेन्टिलेटर उपलब्ध गराउने  मेयर कोइराला ले बताए।  ।

अस्पतालले अन्य अस्पतालको तुलनामा कम दरमा भिडियो एक्सरे सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा एक्सरे र बर्थिङ सेन्टर सञ्चालनका लागि आवश्यक अनुमति प्राप्त भइसकेको र भवन निर्माण तथा सुधारका लागि टेन्डर प्रक्रिया पनि सुरु भइसकेको स्वास्थ्य प्रमुख दिलिप यादवले बताए। अस्पतालमा बिमा फार्मेसी सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढिसकेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!