बुधबार, चैत्र १२, २०७६ || 1209  पटक पढिएको

कोभिड–१९ को पोजिटिभ पुनः एकजनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सूचना अधिकारी गणेश श्रीवास्तवले पुनः एक जनामा आज कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती पोजिटिभ देखिएका व्यक्तिको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा आइसोलेसनमा राखेर उपचार भइरहेको छ । उहाँले ती व्यक्तिको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको बताउनुभयो । योसँगै नेपालमा तीनजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । यसअघि फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवातीलाई पोजिटिभ देखिएको थियो भने एकजना पोजिटिभका बिरामी उपचारपश्चात् घर फर्किसकेका छन् । अहिलेसम्म मन्त्रालयको तथ्याङ्कअनुसार ६८७ मा कोभिड–१९ को नमूना परीक्षण भएकामा ६८४ मा नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!