भारतबाट स्वदेश आई पुगेका विभिन्न स्थानका नेपालीहरुलाई रोक्न नसकिएको पाल्पाको प्रहरीले जनाएको छ ।

‘कोही नुवाकोटतर्फबाट, कोही नवलपारासी त कोही बुटवलतर्फको खोला र जंगल हुँदै छिरेका छन् । मानिसहरुको संख्या गन्न र उनीहरुलाई रोक्न सकिएन ।’ पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले भने ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले आज विहान बुटवल र पाल्पा हुँदै हिँडेर गुल्मी प्रवेश गरेका २५ देखि ३० जनाको टोलीलाई रिडीमा स्वास्थ्य परिक्षण गरिएको र उनीहरु पैदलयात्रामार्फत नै घरतर्फ लागेका छन् ।

जिल्ला भित्रिएका उनीहरुको स्वास्थ्य अवस्था सामन्य रहेको जनाइएको छ । मालिका गाउँपालिकाका प्रबत्ता एवं वडाध्यक्ष शोभाखर गिरिका अनुसार उनीहरुमध्ये करिव २५ जना त्यस गाउँपालिका भित्रका हुन् । वडाध्यक्ष गिरिले भारतबाट घर आएका उनीहरुलाई रुपन्देहीको क्वारेन्टाईनमा राख्न खोज्दा भागेर पाल्पा हुँदै हिडेर आउँदै गरेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!