बुधबार, चैत्र १२, २०७६ || 594  पटक पढिएको

मंगलवारबाट सरकारले मुलुक १ हप्ता ‘लकडाउन’ गर्ने निर्णय गरेसँगै कोरोना भाइरस संक्रमण नियन्त्रण र उपचार व्यवस्थापनका लागि तीन सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल)ले टेन्ट क्वारेन्टाइन बनाउनेदेखि थप स्वास्थ्य सामग्री खरीदका लागि बोलपत्र आह्वानसम्मको तयारी तीव्र बनाएका छन् ।

नेपाली सेनाले पर्सनल प्रोटेक्ट इक्वीपमेन्ट (पीपीई), भेन्टिलेटर, एन–९५ मास्क खरीदका लागि बुधबार बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।

सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले यी सामग्री तथा उपकरणका लागि सरकारले रू. १० करोड दिएको र सेनाको कल्याणकारी कोषका साथै आन्तरिक बजेटबाट रू. ७ करोड व्यवस्था गरिएको बताए । सेनासँग ३ हजारको हाराहारीमा रहेको पीपीई सम्बन्धित निकायमा वितरण गरिएको र हाल सेनासँग १५० पीपीई स्टकमा रहेको बताए ।

त्यस्तै, सशस्त्रले कोभिड–१९ को उपचारका लागि स्थापना गरिने आईसीयू वार्डका लागि आवश्यक उपकरण तथा सामग्री खरीद गर्न आइतवार नै खरीद प्रस्ताव आह्वान गरिसकेको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.क.ले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!