सोमबार, मंसिर २३, २०७६ || 1388  पटक पढिएको

हिपमत डटकम
बिराटनगर ,मंसिर २३।
लियो क्लव अफ विराटनगर सेन्ट्रलले विभिन्न कार्यक्रमको आयोजना गरि लियो सम्ताह सम्पन्न गरेको छ ।
मंसिर १५ गतेवाट सुरु भएको सप्ताह कार्यक्रम मंसिर २१ गते सम्पन्न भएको हो । सप्ताह कार्यक्रमको पहिलो दिन नेपाल पत्रकार महासघ मोर¨को सभाहलमा एचआइभी एड्स डे तथा सप्ताह उदघाटन कार्यक्रम सम्पन्न भएको थियो ,उक्त्त कार्यक्रममा विभीन्न संकाय र तहमा अध्ययनरत १ सय ३० जना विदयार्थीहरुको उपस्थीती रहेको कार्यक्रम संयोजक श्रदा भटराइले वताईन । त्यस्तै दोश्रो कार्यक्रम जनपथ मावीका विदयार्थीहरुलाइ जलन सम्वन्धी जानकारी दिएको थियो भने तेस्रो कार्यक्रम ५० जना विदर्थीहरुका विचमा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो ।

त्यसैगरी चौथो कार्यक्रम ड्रग सचेतना गरिएको थियो जस्मा १ सय ९ जनाको सहभागिता रहेको थियो भने पाचौ कार्यक्रम वरगाछि चौकमा दिप प्रजलन गरि अन्तराष्ट्रिय लियो डे मनाइएको मुख्य कार्यक्रम संयोजक सुम्निमा खापु¨ले वताइन । त्यस्तै गरि पाचौ कार्यक्रममा विराट ओकीनिवा स्कुलका ५० जना विदयार्थीहरु लाइ टोपी मोजा तथा शैक्षिक सामग्री विवतरण गरिएको थियो ।
सप्ताह अन्तर्गतको अन्तीम तथा समापन कार्यक्रम लायन्स तथा लियो को विचमा मैत्रिपुर्ण फुटवल म्याच सम्पन्न गरि मनाइएको क्लबका अध्यक्ष शिव शंकर मण्डलले वताए , प्रत्येक कार्यक्रममको छुटा छुटै कार्यक्रम संयोजक तथा सहजकर्ताहरु रहेको अध्यक्ष मण्डलले जानकारी दिएका छन । क्लवका सदस्यहरुको क्षमता तथा व्याक्तित्व विकास र सामाजिक दायित्वका लागी क्लबले प्रत्येक वर्ष कार्यक्रमहरुको आयोजना गर्ने गरिएको मुख्य संयोजक खापु¨ले वताइन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!