हिपमत डटकम

बुधबार, आषाढ २०, २०८१ || 17867  पटक पढिएको

विराटनगर।कोशी प्रदेश – क्यानडा नेपाल माउटेन्ट फिल्म फेस्टिभल २०२४ को समापन समारोहमा हिपमत मिडियाका संचालक तथा चलचित्र पत्रकार संघ कोशी प्रदेशका उपाध्यक्ष वीरेन्द्रकुमार साहलाई सम्मान गरिएको छ।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आयोजनामा भएको यस फिल्म फेस्टिभलमा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीद्वारा विभिन्न उत्कृष्ट फिल्म, निर्देशक, र कलाकारहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। यस अवसरमा न्यु सृष्टी दैनिकका पत्रकार अनुज सापकोटा, हाम्रो विराटनगरका संवाददाता तथा चलचित्र पत्रकार संघ मोरङ जिल्लाका सचिव सन्तोष बास्तोला लगायतका पत्रकारहरुलाई पनि कदर पत्र प्रदान गरिएको छ।

फिल्म फेस्टिभल कोशी प्रदेशमा पहिलो पटक आयोजित भएको हो र यसमा दुई दिनसम्म चलचित्र तथा डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले कोशी प्रदेशलाई फिल्म हबको रुपमा विकास गर्ने योजना रहेको बताए। साथै, आगामी दिनहरुमा यस्ता फिल्म फेस्टिभल क्यानाडामा पनि आयोजना गरिने जानकारी दिए। चलचित्र पत्रकार संघ कोशी प्रदेशका उपाध्यक्ष वीरेन्द्रकुमार साहले यस सम्मानले थप जिम्मेवारी बढेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!