हिपमत डटकम

सोमबार, आषाढ १८, २०८१ || 19140  पटक पढिएको

अभिनेता विराज भट्टले आफ्नो चलचित्र ‘१२ गाउँ’को फर्स्टलुक (पोस्टर( सार्वजनिक गरेका छन् । यो चलचित्रको छायाँकन जारी छ । तथापि आगामी दशैंमा चलचित्र सार्वजनिक गरिने भएकाले यसको फस्ट लुक्स सार्वजनिक गरेको यसका निर्देशक र निर्मातासमेत रहेका अभिनेता विराजले बताएका छन् ।

पोष्टरमा अभिनेता विराटले छोरा समीर भट्टलाई उतारेका छन् । यही चलचित्रबाट समीरले नायकको रुपमा डेब्यु गर्दैछन् ।यो चलचित्र एक्सन प्रधान रहेको पनि निर्देशक बिराजले बताएका छन् । चलचित्रको छायाँकन अर्कोसातासम्म सम्पन्न हुनेछ ।

चलचित्र १२ गाउँबाट समीरसँगै मोडल सनिसा भट्टराई र पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले नायिकाको रुपमा डेब्यु गर्दैछन् । यसको अन्य कलाकारहरुमा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भालगायत छन् ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन, सुवास काफ्लेको निर्माण निर्देशन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!