मंगलबार, चैत्र ११, २०७६ || 515  पटक पढिएको

काठमाडौँ महानगरपालिकाले विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको कदममा साथ दिन सबै महानगरवासीलाई आग्रह गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज अपिल जारी गरी महामारी नियन्त्रणका लागि सरकारले चालेको कदम स्वागतयोग्य छ भन्दै अत्यावश्यक कामबाहेक घर बाहिर नआउन अनुरोध गर्नुभएको हो ।
महामारी रोकथाम र निर्मूल गर्न सरकारले २०७६ चैत ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्मका लागि लागु हुने गरी दिएको निर्देशनको स्वागत गर्दै प्रमुख शाक्यले अपिलमार्फत नगरवासीलाई सुरक्षित र संयमतापूर्वक आआफ्नै घरमा बसेर महामारीविरुद्धको अभियानमा सहयोग गर्न आग्रह गर्नुभयो ।
कोरोना सङ्क्रमणको आशङ्का भएमा तत्काल अस्पतालसम्म लैजाने व्यवस्थाका लागि कामपाको सहयोगमा सञ्चालित नेपाल एम्बुलेन्स सेवा (१०२) लाई जनशक्ति र स्वास्थ्य सामग्रीसहित तयारी अवस्थामा राखिएको जनाइएको छ ।
नागरिकलाई सहयोग गर्न कामपाको टोल फ्रि नम्बर ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको छ । कोरोना सङ्क्रमणको आशङ्का भएमा कामपाको टोल फ्रि नम्बर ११८० मा खबर तथा सूचना दिने व्यवस्थासमेत मिलाइएको छ ।
लकडाउन अवधिमा कुनै पनि नगरवासीले केही समस्या आइपरे सहयोगका लागि आफ्ना जनप्रतिनिधिलाई सीधा सम्पर्क गर्न सक्ने जनाइएको छ । यसका लागि महानगरका प्रमुख, उपप्रमुख तथा सबै जनप्रतिनिधिको फोन नम्बर खुला राखिएको छः
प्रमुख विद्यासुन्दर शाक्य – ९८५१२७९९००,
उपप्रमुख हरिप्रभा खड्गी – ९८५१२७९८९९,
वडाध्यक्ष ः १) भरतलाल श्रेष्ठ – ९८५१२७९९०१,
२) राजेन्द्रकुमार श्रेष्ठ ९८५१२७९९०२
३) दीपक केसी – ९८५१२७९९०३,
४) मोहन विष्ट – ९८५१२७९९०४
५) रमेश डङ्गोल – ९८५१२७९९०५
६) दीपेन्द्र लामा – ९८५१२७९९०६,
७) शुद्ध डङ्गोल – ९८५१२७९९०७
८) दिनेशकुमार डङ्गोल – ९८५१२७९९०८,
९) रामकृष्णजयखु श्रेष्ठ – ९८५१२७९९०९
१०) रामकुमार केसी. – ९८५१२७९९१०,
११) हीरालाल तण्डुकार – ९८५१२७९९११
१२) विकास डङ्गोल – ९८५१२७९९१२,
१३) ध्रुवनारायण मानन्धर – ९८५१२७९९१३
१४) शोभा सापकोटा – ९८५१२७९९१४,
१५) ईश्वरमान डङ्गोल – ९८५१२७९९१५
१६) मुकुन्द रिजाल – ९८५१२७९९१६,
१७) नवीन मानन्धर – ९८५१२७९९१७
१८) न्हुछेकाजी महर्जन – ९८५१२७९९१८,
१९) शशिलाल श्रेष्ठ – ९८५१२७९९१९,
२०) राजेन्द्र मानन्धर – ९८५१२७९९२०,
२१) उदयचूडामणि बज्राचार्य – ९८५१२७९९२१
२२) चिनीकाजी महर्जन – ९८५१२७९९२२,
२३) मचाराजा महर्जन – ९८५१२७९९२३
२४) बालकृष्ण श्रेष्ठ – ९८५१२७९९२४,
२५) नीलकाजी शाक्य – ९८५१२७९९२५
२६) ख्यामराज तिवारी – ९८५१२७९९२६,
२७) चिनियाँमान बज्राचार्य – ९८५१२७९९२७
२८) भाइराम खड्गी – ९८५१२७९९२८,
२९) कुश ढकाल – ९८५१२७९९२९,
३०)दलबहादुर कार्की – ९८५१२७९९३०
३१) नारायणप्रसाद भण्डारी – ९८५१२७९९३१ र
३२) नवराज पराजुली – ९८५१२७९९३२

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!