बीरेन्द्रकुमार साह
हिपमत डटकम
बिराटनगर,मंसिर २३।
मोरंङको लेटाङ नगरपालीका -६ बाट डेलीभरी गराउनका लागी बिराटनगर स्थीत नोबेल अस्पतालमा पुगेकि जानुका श्रेष्ठको मृत्यू भएपछि नेबेल अस्पताल तनावग्रस्त बन्न पुगेको छ । गत सुक्रबार डेलीभरीका लागी अस्ताल ल्याएका जानुकाको पहिलो उपचार सफल भएको थयो तर अस्ताल प्रशासनले जानुकाको पुनः दाश्रो पटक अप्रेसन गरेपछि उनको मृत्यूभएको मृतकका आफन्तले बताएका छन् । उनको मृत्यू अस्पताल प्रशासन र डाक्टरको लापरबाहिका कारण भएको आफन्त हरुले बताए ।
शनिबार भएको जानुका श्रेष्ठ मृत्यू भएको भएपनी अस्पताले भने मृत्यूको कारण दिन नमानेका कारण मृत्कका आफन्तले बिरोध जनाएका थिए । अस्पताल प्रशासन संग मृत्यू बिकारण माग्दै मृतकका आफन्तले गरेको आन्दोलनका कारण अस्तालको उपचरमा समेत प्रभाव परेको छ भने अस्पताले घटनाको बिषयमा कुनैपनी आधिकारीक जानकारी दिएको छैन । मृत्कका आफन्तले गरेको आन्दोलका कारण नोबेल अस्पताल यतिबेला तनाव ग्रस्त बन्न पुगेको छ । घटनाको सत्यतथ्य बाहिल नल्याएसम्म सब नबुझ्ने मृतकका आफन्तले बताएका छन् । तेस्तै आफन्तहरुले अस्पतालको बिरोध गर्दा नेपालाप्रहरिले लाठि चार्ज समेत गरेको कारणले आफन्तहरुले नेपाल प्रहरी मुर्दाबादको नारा समेत लगाएका थिए।