रामकुमार परियार

शुक्रबार, जेठ ११, २०८१ || 4293  पटक पढिएको

युएईको लोकप्रिय नेपाली रेष्टुरेन्ट ‘एभरेष्ट १०० रेष्टुरेन्ट’ को झण्डा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फरफराईएको छ । नेपालका चर्चित डिजे तेन्जिङ शेर्पाले युएईको एभरेष्ट ग्रुप अफ कम्पनिजद्वारा सञ्चालित एभरेष्ट १०० रेष्टुरेन्टको झण्डा सर्वोच्च शिखरमा फरफराएका हुन ।

‘स्टप ग्लोबल वार्मिङ , सेभ द हिमालय’ भन्ने नारासहित गएको अप्रिल ७ मा सगरमाथा आरोहण शुरु गरेका शेर्पाले गत मंगलबार सर्वोच्च शिखरको चुचुरोमा पाईला टेकेका हुन । नेपालका विभिन्न स्थानहरुमा लामो समयदेखि सांगीतिक कार्यक्रमहरु गर्दै हिंडेका डिजे तेन्जिङ सगरमाथा आरोहण गर्ने पहिलो डिजे हुन ।

पछिल्लो समय जलवायु परिवर्तनको असरले पृथ्वी र मानव जीवनमा पारेको असरहरुबारे जागृत गराउन आफुले अभियानको रूपमा सगरमाथा आरोहण गरेको शेर्पाले बताए । सोलुखुम्बु निवासी तेन्जिङलाई संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपालको झण्डा दिएर शुभकामना सहित सगरमाथा आरोहणका लागि बिदाई गरेका थिए ।

सगरमाथामा पहिलो नेपाली रेष्टुरेन्टको झण्डा सर्वोच्च शिखरमा आफ्नो रेष्टुरेन्टको झण्डा फरफराएपछी एभरेष्ट ग्रुप अफ कम्पनिजका सञ्चालक पासाङ शेर्पाले खुसी व्यक्त गरेका छन् ।”प्रवाशमा नेपालीद्वारा सञ्चालित रेष्टुरेन्टहरु मध्ये सम्भवत हाम्रो रेष्टुरेन्टको झण्डा पहिलोपटक सगरमाथाको चुचुरोमा पुगेको छ । यो अत्यन्तै खुसी र गौरवको कुरा हो । हिमाल संगै जोडिएको समुदायको नाताले पनि म अत्यन्तै हर्षित छु ।” शेर्पाले भने ।

युएईमा २०१० बाट सञ्चालनमा आएको एभरेष्ट १०० रेष्टुरेन्ट २०२४ को शुरूवातदेखि एनआरएनए ग्लोबलका अध्यक्ष समेत रहेका पासाङ शेर्पाले सञ्चालन गदै आएका छन् । एभरेष्ट ग्रुप अफ कम्पनिजमा हाल ३ वटा रेष्टुरेन्ट र विभिन्न क्षेत्रका ८ कम्पनी सञ्चालनमा रहेको शेर्पाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!