हिपमत डटकम

बुधबार, जेठ ०९, २०८१ || 16804  पटक पढिएको

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने ३६ वर्षीय पासाङ भन्ने सोनम तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक संजाल फेसबुक मार्फत विभिन्न आईडिहरूबाट सामान अडर्र गरी ग्राहकहरूसँग बार्गेनिङ गर्दै सामान देखाई रकम लिएर आउछु भनि ल्यापटप, मोबाइल क्यामेरा समेतका सामानहरूको जम्मा ७ लाख ९९ हजार रूपैयाँ मूल्य बराबरको सामानहरू लिई फरार भएका तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेलबाट पक्राउ गरेको हो ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!