सोमबार, मंसिर २३, २०७६ || 1547  पटक पढिएको

सुशील सुबेदी
हिपमत डटकम
स्याङ्जा,मंसिर २३।
शहरी श्रेत्रका सर्बसाधारण जत्ती आफ्नो स्वास्थ्य प्रती चनाखो हुने गर्दछन् , त्यत्ती ग्रामीण श्रेत्रका सर्बसाधारण चनाखो हुन सकेका छैनन् । भौगोलीक अबस्था र दक्ष जनशत्ती अभाबको कारण ग्रामीण श्रेत्रमा स्वास्थ्य परीक्षण गर्ने प्रभाबकारी माध्याम बिभिन्न संघ संस्थाको स्वास्थ्य शिबीर बन्ने गरेको छ ।
वालिङ नगरपालिका ३ माझकोटमा गरिएको एक स्वास्थ्य शिबीरमा आउने अधिकाशं सेवाग्राहीले गाउँ घरमै आएको निशुल्क शिबीरबाट सेवा लिएपछी निकै हर्षित भए । उनीहरुको एउटै स्वर थियो , ‘बिमारले चापेँपछी बल्ल अस्पत्ताल जान्छौँ , यस्तो शिबीरले समयमै रोग पहिचान बनाएको छ ।’
नीजि क्षेत्रबाट संचालित वालिङ हस्पिटलले बेला बेलामा स्वास्थ्यको पहुँच नपुगेको क्षेत्रमा पुगेर शिविर मार्फत नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न थालेपछी यहाँका अधिकाशं सर्बसाधारणको मुहारमा हाँसो छाएको छ ।
एक दिने स्वास्थ्य शिविर वालिङ हस्पिटल प्रालिको सहयोगमा र वडा कार्यालयको व्यवस्थापनमा शिविर आयोजना गरिएको हो । ९८ प्रतिशत गुरुङ् समुदायको बसोवास रहेको माझकोटमा एकदिने स्वास्थ्य शिविरबाट २ सय ५० लाभान्वित भएका छन् । तिन डाक्टर सहित अन्य स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको वालिङ हस्पिटल प्रा।लि।का अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए ।
‘राज्यले स्वास्थ्य श्रेत्रमा ठुलो लगानी गरेको भएपनि प्रभाबकारी सेवाबाट बंचीत रहेका समुदायमा हामीले निजी श्रेत्रबाट सहयोग गर्दै आएका छौँ ’, पौडेलले भने , ‘गाउँघरमा आएर ढोकामा सेवा प्रदान गर्दा सर्बसाधारणमा स्वास्थ्य परीक्षण गर्ने सोँचको बिकाश भएको पाएका छाँै । रोग लागेर अस्पत्ताल जान भन्दा रोग प्रति सचेत बनाउने हाम्रो लक्ष्य हो । ‘
शिविरबाट पुरुष भन्दा बढी महिलाले सेवा लिएको आयोजकले जनाएको छ । यस्ता शिविर विभिन्न वडा, वडा मा राख्नु आवश्यक छ वालिङ नगरपालिका ३ का वडा अध्यक्ष शुकराज गुरुङ्ले भने,“पैसाको अभावमा सामान्य स्वास्थ्यको चेकजाँच गर्न नसक्ने नागरिकलागि यस्ता शिविर लाभदायक हुनेछन् ।” यो शिविरले माझकोटवासीलाई ठुलो सहयोग मिलेको गुरुङ्ले बताए । स्वास्थ्य जस्तो संवेदशिलमा राज्य उदाशिन बनिदिदा धेरै नागरिकले अकालमै ज्यान गुमाउनु परेको अवस्थामा स्वास्थ्य शिविरले नागरिकलाई राहत मिलेको वडा अध्यक्ष गुरुङ्को भनाई छ ।
शिविरमा प्रेस, सुगर, मुटु रोग, ग्यास्टिक, रुघाखोकी, महिलाको पाठेघर समस्या सम्वन्धी स्वास्थ्य सेवा प्रदान गरिएको थियो । सामान्य रोग मानेका कारण बल्झिदै जादा ठुलो समस्या देखिने अवस्था आएकाले शिविरमा करिव १ घण्टा स्वास्थ्य सम्वन्धी सचेतना कार्यक्रम पनि गरिएको हस्पिटलका सचिव खगेन्द्रप्रसाद अर्यालले बताए ।
९० जनाको भिडियो एक्सरे, ३० जनाको पाठेघर सम्वन्धी टेष्ट, ६ जनालाई पाठेघरमा देखिएको समस्या समाधानका लागि रिङ लगाएर सेवा दिइएको अर्यालले बताए । निशुल्क औषधी सहित आयोजना गरिएको शिविरमा डाक्टर अन्जना अर्याल, डाक्टर सन्दिप चौलागाँई, डाक्टर सुनिता गुरुङ लगायतका दुई दर्जन स्वास्थ्यकर्मीबाट सेवा प्रदान गरिएको आयोजकले जनाएको छ । सो शिविरमा स्थानीय समाजसेवी पदमराज गुरुङ्ले स्वास्थ्य चौकीलाई निशुल्क एक थान बेड हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!