मंगलबार, चैत्र ११, २०७६ || 634  पटक पढिएको

सुनसरी र मोरङमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका-३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । आज बिहान साँढे १० बजे बालक पानीमा डुबेर मृत फेला परेका थिए भने घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ । यसैगरी मोरङको बेलवारी नगरपालिका-२ का २२ बर्षीय मित्र याक्खा लोहन्द्रा खोलामा पौडी खेल्न गएकोमा पानीमा डुबेर मृत्यु भएको छ । आज दिउँसो साँढे ३ बजे पानीमा डुबेर अचेत अबस्थामा फेला परेका याक्खालाई तत्काल उद्धार गरी उपचारको लागी मंगलवारे अस्पताल पठाईएकोमा उपचारको क्रममा सवा ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!