मंगलबार, चैत्र ११, २०७६ || 604  पटक पढिएको

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना कोभिड–१९ सँंग सम्बन्धित सूचना एकद्धार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सबै सञ्चारमाध्यमलाई एकद्धार प्रणालीबाट सूचना प्रवाह गर्न मन्त्रालयमा नै मिडिया सेन्टर स्थापना गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालका सल्लाहाकार डा. खेम कार्कीले जानकारी दिए । मिडिया सेन्टरमा हरेक दिन कोभिड–१९ सँग सम्बन्धित सूचनाबारे जानकारी दिन अवाश्यकताअनुसार पत्रकारसम्मेलन गरिने र समाजिक सञ्जाल मार्फतसमेत सूचना सम्प्रेषण गरिने जनाइएको छ ।

मिडिया सेन्टरबाट कोभिड–१९ सँग सम्बन्धित चिकित्सक समेत उपस्थित हुने भएकोले सञ्चारकर्मीले ति चिकित्सकसँग आफूलाई आवश्यक सूचनासमेत प्राप्त गर्न सहज हुने छ । त्यस्तै, फेसवुक र ट्विटरबाट कोभिड–१९ सँग सम्बन्धित मन्त्रालयले गरेको गतिविधिसमेत जानकारी गराइने मन्त्रीका सल्लाहकार डा. कार्कीले जानकारी दिए । यसैगरी मन्त्रालयले कोभिड–१९ बारे जानकारी दिनका लागि छुट्टै वेभसाइट र मोवाइल एपसमेत बनाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!