हिपमत डटकम

सोमबार, बैशाख १०, २०८१ || 3613  पटक पढिएको

विराटनगर । ज्येष्ठ नागरिक जिल्ला संघ मोरङले सप्तरीका लेखक तथा पत्रकार अजयकुमार झालाई सम्मान गरेको छ । विराटनगरमा सोमबार आयोजित कार्यक्रममा संघले उदयानन्द–मुक्तिनाथ नारायण दासी अर्याल सम्मानबाट झा सम्मानित हुनु भएको हो । कवि उदयानन्द अज्र्यालको विषयमा खोज अनुसन्धान गरेबापत झालाई नगद २५ हजारसहित सम्मानपत्रले सम्मानित गरिएको संघले जनाएको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, आयोजक संस्थाका अध्यक्ष योगेश्वर निरौलालगायतले सम्मान गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले उदयानन्द अज्र्यालले भाषा, साहित्य, संस्कृतिका क्षेत्रमा पु¥याएको योगदानको कदर नभएको उल्लेख गर्नुभयो । उहाँले उदयानन्दलाई सीमित घेराभित्र राख्न नहुनेमा जोड दिनुभयो । कार्यक्रममा विराटनगर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपाने, ज्येष्ठ नागरिक संघ कोशी प्रदेश अध्यक्ष मणिकुमार अज्र्याल, विराटनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ, साहित्यकार मधु पोखरेल, समाजसेवी जगतप्रसाद अज्र्याल, अर्जुन भट्टराईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!