हिपमत डटकम

शुक्रबार, बैशाख ०७, २०८१ || 7248  पटक पढिएको

विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ ।मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो ।

जितको लागि एपीएफका हरी कार्कीले दुई गोल, दिसन राई र धनबहादुर श्रेष्ठले १–१ गोल गरे । बर्दिबासका पवन पाख्रिनले सान्तवना गोल फर्काए । जितसँगै एपीएफले पहिलो सेमिफाइन खेल आइतबार हुने टिडबलुवाइसि विराटनगर र कनकाइ स्पोर्टिङ क्लब सुरुङगा झापाबीचको बिजेता टिमसँग खेल्नेछ ।

एक पक्षीय खेल पस्किएको एपीएफले खेल सुरु भएको ११ औं मिनेटमा हरी कार्कीले गोल गरी टिमलाई अग्रता दिए । एपीएफका कप्तान उज्वल चाम्लिङ्गले निकालेको पासलाई हरीले गोलमा परिणत गरे । पहिलो गोल गरेको एक मिनेट बित्न नपाउँदै दिसन राईले २५ यार्डबाट गरेको प्रहारले जाली चुम्यो । दोस्रो गोल पनि एपीएफका कप्तान उज्वलले पास निकालिदिएका थिए । २२ औं मिनेटमा हरी कार्कीले गोल गरी अग्रता तेब्बर बनाए । भरत कपालीले कर्नर लाइनबाट निकालेको पासलाई हरीले आकर्षक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका धनबहादुर श्रेष्ठले गोल टिमको जित सुनिश्चत गरे ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!