हिपमत डटकम

मंगलबार, बैशाख ०४, २०८१ || 16617  पटक पढिएको

विराटनगर ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर–३ स्थित वारुणयन्त्र (दमकल)को अनुगमन गर्नुभएको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढेको भन्दै मेयर कोइरालाले दमकललाई चुस्तदुरुस्त राख्न निर्देशनसमेत दिनुभयो । कोइरालाले आगलागीको खबर आएको एक सेकेण्ड पनि ढिलो नगरी घटनास्थलमा पुग्न निर्देशन दिनुभएको थियो ।

मेयर कोइरालालाई वारुणयन्त्रको समेत जिम्मेवारी सम्हालिरहनुभएका महानगर प्रहरीका प्रमुख राजन पौडेलले दमकलको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । महानगरसित भएको तीनवटै दमकल चुस्तदुरुस्त रहेको पौडेलले बताउनुभयो । महानगरसित ५ हजार लिटर क्षमताको दुईवटा र ३ हजार क्षमताको एउटा दमकल रहेको छ । जसमा ५ हजार लिटरका दुईवटा पुष्पलालचोकमा राख्ने गरिएको छ भने ३ हजार लिटरको विराटनगर–१४ जतुवास्थित पुरानो वडा कार्यालयमा राख्ने गरिएको उहाँले बताउनुभयो ।

महानगरले दमकलमा पानी भर्नका लागि केही महिना अगाडि सन्सारीमाईस्थानमा डिप बोरिङ सञ्चालन ल्याएको थियो । हाल पुष्पलालचोक, महानगर परिसर, सन्सारीमाईस्थानबाट दमकलमा पानी भर्ने गरिएको छ । महानगर क्षेत्रभित्र ७–८ ठाउँबाट पानी भर्ने गरी व्यवस्था मिलाइरहेको मेयर कोइरालाले जानकारी दिनुभयो । अनुगमनका क्रममा वडा नम्बर ३ का अध्यक्ष वासुबहादुर बस्नेत, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!