हिपमत डटकम

सोमबार, बैशाख ०३, २०८१ || 8171  पटक पढिएको

बरियारपट्टी । सिरहा जिल्लाको बरियारपट्टीका दुई डाक्टरलाई वडा नं. ३ ले  सम्मान गरेको छ ।

बरियारपट्टी स्वास्थ्य चौकीको सभाहलमा एक कार्यक्रमको आयोजना गरी सो सम्मान गरिएको हो।

सम्मानित हुनेमा बरियारपट्टी गाउँपालिका वडा नं. १ को राकेश कुमार यादव र सोही गा.पा. वडा नं. ३ को शम्भु कुमार साह रहेका छ्न् । डाक्टर द्वय यादव र साह बंगलादेशको जलालाबाद रागीब-राबेया मेडिकल कलेज तथा अस्पतालबाट एमबिबिएस गरेका हुन् ।

हाल डा. यादव मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुर र डा. साह बि. पि. कोइराला बिज्ञान प्रतिष्ठान धरानमा पुर्ण छात्रवृत्तिमा एमडी को लागि नाम निकाल्न सफल भएका छन्।

कार्यक्रममा प्रस्तावित हुलाकी बहुमुखी क्याम्पसको प्रमखु तथा शिक्षक दिलिप कुमार यादवले स्वागतम् मन्तब्य राखेका थिए।

कार्यक्रममा श्री जनता माध्यमिक विद्यालय देउरीपट्टी शिवनगरको प्रधानाध्यापक श्री उमेश कुमार साहले भने कुनै पनि समाजको परिवर्तनमा शिक्षाले अहम् भूमिका निर्वाह गर्दछन्। त्यसैले हामी तपाईं सबै मिली हाम्रो समाजलाई बिकसित र अनुसासित बनाउनका लागि शिक्षामा ध्यान दिनु पर्ने बताए ।

त्यसैगरी अर्का श्री जनता माध्यमिक विद्यालय (प्राविधिक धार ) बरियारपट्टीको प्रधानाध्यापक श्री बिरबल यादवले कार्यक्रममा बोल्दै भने अहिलेको पढेलेखेका मानिसहरु गाउँ भन्दा बढी सहर केन्द्रित भएका छन। हाम्रो समाजलाई सबै मानिसको आवश्यकता पर्दछ, त्यही भएर हामी पढेलेखेर सहर केन्द्रित नभइ गाउँमा पनि योगदान दिनुपर्छ भन्नेकुरा जोड दिएको थियो।

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य तथा सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर दुई (क)। बाट प्रदेश सभा सदस्य पद प्रत्यासी जिबछ यादवले हाम्रो जस्तो ग्रामीण भेगका दुई युवकले एमडि मा पुर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा गौरवको कुरा हो । यसरी नै सबै अभिभावकले आ-आफ्नो बिधार्थीलाई पढाई प्रति अभिरुचि जगाउनु पर्छ बताए।

कार्यक्रमको आयोजक तथा सभापति बरियारपट्टी गाउँपालिका वडा नम्वर ३ को वडा अध्यक्ष बिनोद कुमार यादवले बिधार्थीको हौसला प्रदान गर्नका लागि यो सम्मान कार्यक्रमको आयोजना गरीएको जानकारी गराए । यो सम्मान कार्यक्रम हेरेर अरू पनि बिधार्थीलाई पढ्नका लागि प्रेरणाको स्रोत बन्ने बताए ।

मन्तब्य शिक्षक राम चन्द्रर यादव, नेकपा माओवादी केन्द्र बरियारपट्टी गाउँपालिका पार्टी अध्यक्ष रामेश्वर यादव, बिशिष्ट अतिथि नेकपा एमाले बरियारपट्टी गाउँपालिका ईन्चार्ज राम सोगारथ यादव लगायतले दिएका थिए।

कार्यक्रममा प्रमुख अतिथी, बिशिष्ट अतिथि, अथिति, सुरक्षाकर्मी, पत्रकार, युवा लगायत सयौंको संख्यामा स्थानीयहरू का उपस्थित रहेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!