रामकुमार परियार

सोमबार, बैशाख ०३, २०८१ || 8588  पटक पढिएको

युएई । नेपाली सेफहरुको पेशागत विकास र नेपाली खानाको प्रचार एवम् बजारीकरणमा सक्रिय अन्तराष्ट्रिय नेपाली सेफ सोसाईटीले आगामी असार ३० गते (१४ जुलाई) युएईमा वृहत् नेपाली फुड फेस्टिबल आयोजना गर्ने भएको छ ।

अबुधाबीस्थित नेपाली राजदूतावास र नेपाल एसोसिएसन (एनआरएनए) एनसीसी युएई संगको सहकार्यमा अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीले युएईको बरदुबईमा फुड फेस्टिबल आयोजना गर्ने भएको हो । पर्यटन र व्यपारको हब मानिने दुबईमा आयोजना गर्न लागिएको फुड फेस्टिबलले विश्वमा नेपाली खानाको प्रचारप्रसार हुने अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले बताए । उनले यस कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा समेत उल्लेख्य योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

फुड फेस्टिबलमा नेपाली खानाका ३० स्टलहरु रहने जसमध्ये २५ स्टलमा नेपाली खानाका परिकारहरु रहने बताईएको छ । यसैगरी ५ स्टलमा पृन्ट एवम् श्रव्यदृश्य माध्यमबाट नेपालका पर्यटकिय स्थलहरुको परिचय तथा प्रचारप्रसार हुने सामाग्रीहरु राखिने , ट्राभल एजेन्सी र नेपालमा उडान भर्ने एयरलाइन्सहरुको स्टल रहने अध्यक्ष अधिकारीले जानकारी दिए ।

सहयोगका लागि पर्यटन मन्त्रालयलाई आग्रह

झन्डै ८० लाख नेपाली रुपैयाँको लागत अनुमान गरिएको फुड फेस्टिबलमा सहकार्य गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सेफ सोसाइटीले आग्रह गरेको छ ।

गत बुधबार अन्तर्राष्ट्रिय सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारी , युएई संयोजक राजकुमार गिरी, साउदी संयोजक सरोज थापा र नेपाल सहसंयोजक शिवहरि घिमिरे लगायतको टोलीले सिंहदरबार पुगेर संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई फुड फेस्टिबलमा सहयोग र सहकार्यका लागि पत्र बुझाएका छन् ।

भेटमा मन्त्री तामाङले कार्यक्रमप्रती सकारात्मक रहेको उल्लेख गर्दै पुर्ण सहयोग गर्ने आश्वासन दिएको टोलिमा सहभागी अधिकारीले बताए । उनले आज (सोमबार) पर्यटन बोर्ड पुगेर फुड फेस्टिबलमा सहयोग र सहकार्यका लागि आग्रह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!