रामकुमार परियार

आइतबार, बैशाख ०२, २०८१ || 1334  पटक पढिएको

युएई । नेपाल एसोसिएसन (एनआरएनए) एनसीसी युएईको आयोजनामा दुबईमा तेस्रो एनआरएनए कप भलिबल प्रतियोगिता शुरु भएको छ । दुबईको अल वासल स्पोर्ट्स क्लब , जद्दाफमा आज उद्घाटन भएको प्रतियोगितामा अहिलेसम्मकै सर्वाधिक राशिको पुरस्कार रहेको छ ।

राष्ट्रिय भलिबल टोलिका कप्तान मानबहादुर श्रेष्ठ सहित डिबि भट्ट , रबिन चन्द ठकुरी , सफल विक , विजय थापा , हेमन्त मल्ल , सञ्जु विक्रम शाह सहित १६ जना राष्ट्रिय तथा प्रदेशस्तरिय खेलाडीले भाग लिएको प्रतियोगितामा विजेताले नगद १० हजार दिराम (नेपाली करिब ३ लाख ६० हजार) पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले नगद ६ हजार दिराम (नेपाली करिब २ लाख १७ हजार) पुरस्कार प्राप्त गर्ने बताईएको छ ।

स्वास्थका लागि खेलकुद भन्ने नारा सहित एनआरएनए युएईले आयोजना गरेको प्रतियोगितामा युएईमा क्रियाशिल १२ वटा टोलिले प्रतिस्पर्धा गर्ने एनआरएनए युएईका अध्यक्ष विकास शाहीले जानकारी दिएका छन् । प्रतियोगितामा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द र उपाध्यक्ष युवराज श्रेष्ठ समेत सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!