राजवंशी, ताजपुरीया समाज विकास रंगेली ले नयाँ बर्षकाे उपल्क्षमा रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा काद सिरुवा पर्व तथा सांस्कृतिक कार्यक्रम काे आयोजना गरेको छ ।२०८० साल लाई बिदाइ गर्दे नयाँ बर्ष २०८१ साल लाई स्वागत गर्दे राजवंशी, ताजपुरीया समुदायले विशेष दिनकाे रुपमा सिरुवा पर्व मनाउँदै आईरहेकाे छ ।
कार्यक्रममा राजवंशी समुदाय ले आफ्नो पहिचान गर्ने उदेश्य ले हरेक बर्ष सिरुवा पर्वकाे उपल्क्षयमा बिबिध कार्यक्रम काे समेत आयोजना गर्दे , एक आपसमा हिलो दल्दै उनीहरूले नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए। उनिहरु ले चैत्र ३० गते विभिन्न प्रकारका मिष्ठान पकुवान हरु पकाएर साेहि दिन खाने र उक्त परिकार पुनः बैशाख १ गते खाने चालन समेत रहेको छ। त्यसैगरी बैशखा१ गते काद सिरुवा, २ गते सिरुवा र ३ गतेदेखि माेरङ काे सिमाक्षेत्रमा रहेकाे विभिन्न थान हरु मा विशेष पुजा पाठ गर्ने र मेलामा समेत सहभागी हुने चलन रहेकाे छ।
कार्यक्रमको प्रमुख अतिथि केशव कुमार राजवंशी विशिष्ट अतिथि, करमचन्द राजवंशी, अमासु ताजपुरिया, भीमलाल राजवंशी, झरीलाल राजवंशी, स्थानीय मनोज राजवंशी, मानबहादुर ताजपुरिया, लगायत काे समेत सहभागीता रहेको थियोे । कार्यक्रम सहभागी हरु लाई राजवंशी गितमा नृत्य समेत देखाएर मनाेरज्न समेत गराएका थिए । अथिती हरु ले राजवंशी समुदायकाे पर्व लाेप हुदै गएकाे र नयाँ युवा पुस्ताले सिरुवा पर्वकाे महत्व नबुझेर लाेप हुने अवस्थामा रहेको बक्ता हरु बताए । राजवंशी समुदायका युवा,युवती हरु ले तराईमा लाग्ने मेलामा केटा र केटी हरु ले बिवहाका लागि हेर्ने र मन पराएमा केटी पक्षकाे घरमा गएर बिवाहा काे कुरा समेत अगाडि बडाउने चलन समेत रहेको छ ।