रबिन्द्र बराल

मंगलबार, चैत्र २७, २०८० || 31845  पटक पढिएको

मोरङ। नेपाल गौरीडाँडा चेकपोइन्ट बर्दिबासबाट खटिएको चेकपोइन्ट टोलीले भन्सार छली ल्याउँदै गरेको ४३ बोरा प्याज सहित एउटा सवारी साधन नियन्त्रणमा लिएको छ । गौशालाबाट बर्दिवासतर्फ आइरहेको ना १ ज ७९०३ नम्बरको बोलेरो पिकअपलाई बर्दिवास चोकमा चेकजाँच गर्ने क्रममा गाडीमा रहेको प्याजको भन्सार तिरेको रसिद र अन्य विलबिजक माग्दा चालक ले पुरानो मितिको कागज देखाएपछि उक्त समान भन्सार छली ल्याइएको पत्ता लागेको हो ।

चेकोपोईन्ट टोलीले थप सोधपुछ गर्न खोज्दा चालक ले गाडी तथा सामान छोडी भागेकाे ससस्त्र प्रहरीले जनाएको छ । भन्सार छलीको प्याज र गाडीको एघार लाख मूल्य कायम गरी जलेश्वर भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जलसागरस्थित सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरी का डिएसपी बिकास अधिकारी ले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!