दुर्घटनामा परि झापाको बिरिङ पुलमा एकको मृत्यु एक घाईते

हिपमत डटकम झापा मङ्सिर २२

झापा / पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको विरिङ पुलमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्। मृत्यु हुनेमा कनकाई नगरपालिका ३ बस्ने २४ वर्षीय नितेश न्यौपाने रहेको प्रहरीले जनाएको छ

प्रहरीका अनुसार कनकाई नगरपालिका ७ स्थित बिरिङ खोला पुलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १० प २९५४ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको मे ११ प २९२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी मोटरसाइकल चालक न्यौपाने र अर्को मोटरसाइकल चालक दमक स्थित गोर्खाली टोल बस्ने २५ वर्षीय सोनु लिम्बू घाइते भएको इलाका कार्यालय अनारमनिका प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

घाइते दुवैलाई उपचारका लागि बिर्तामोड स्थित बि एण्ड सी अस्पताल लगिएकोमा न्यौपानेको बाटैमा मृत्यु भइसकेको थियो। लिम्बूको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए। घटना पछि दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!