हिपमत डटकम

शनिबार, चैत्र १७, २०८० || 10157  पटक पढिएको

विराटनगर । श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को नयाँ गीत ‘गाह्रो छ हौ मलाई’ को भिडियो सार्वजनिक भएको छ । पूर्वका चर्चित हाँस्यव्यङ्य गायक लुइँटेलले शुक्रबार उक्त गीतको भिडियो आफ्नै आधिकारीक युटुव च्यानलबाट सार्वजनिक गरेका हुन् ।

उनकै शब्द, संगीत र स्वरमा रहेको गीतको भिडियो छायाङ्कन सुमन तामाङले गरेका हुन् । भिडियोमा लुइँटेलसहित मिलन सुवेदी, अनिशा न्यौपाने, कृष्ण सुवेदी, मनोज पोखरेल, तिर्थ पोखरेल, गोपाल दर्जीलगायतको अभिनय रहेको छ । भिडियो सम्पादन हेमन तामाङले गरेका हुन् । लुइँटेलले यसअघि थुप्रै चर्चित गीतहरू सार्वजनिक गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!